नवलपुरकाे जंगलमा सासु-बुहारी मृत फेला

नवलपुर | पुस ९, २०८०

नवलपुरकाे जंगलमा सासु-बुहारी मृत फेला

नवलपुर:  नवलपुरकाे जंगलमा घाँस काट्न गएका सासु-बुहारी मृत फेला परेका छन्।

 

विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल मृत फेला परेका हुन्।

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बेदबहादुर पौडेलका अनुसार  खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको हाे ।

 

उनीहरूको खोजी गर्न प्रहरीसहित ६० जनाको टोली जंगलमा गएका थिए। आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटिएको डिएसपी पौडेलले जानकारी दिए।

 

मनादेवीको शरीरको पछाडिको भागमा र विष्णुको बायाँ कम्मरमा चोट देखिएको डिएसपी पौडेलले बताए।
 

पोस्टमर्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्